गजल


किन फर्कि ==========
किन फर्कि हेर्छौ अव, मेरो मूल्य मोले हुन्छ,
लुकी हिड्न पर्दैनथ्यो, मनका कुरा खोले हुन्छ ।
तिमीले देख्ने सपनीमा कैले काँही आउने गर्थें,
नहुनुथ्यो भैगो अव, नरिसाई बोले हुन्छ ।
तिमीलाई माया गर्नु अभिषाप जस्तै भयो,
मेरो माया निशाना भो, गुलेलीले टोले हुन्छ ।
तिम्रा लागि रगतले लेखिएका चिठ्ठीहरु,
झरेका पात सरी भए, बटुलेर पोले हुन्छ ।
तिमी जस्तो पत्थर होइन, फूल बनी हाँसीरा’छु
नशा नशा वग्ने तिम्रो
रगतमा घोले हुन्छ ।।।
अन्तरंग मा प्रकाशित

        


तिम्रै लागि

२०६९÷९÷२५

कैले दखे नदेखे झैं, गर्छौ र त मन दुख्छ,

मेरो हाँसो, खुशी सारा, चर्छौ  र त मन दुख्छ ।

       तिम्रो स्वप्निल वगैंचामा फुल्न चाहन्छु

       कोपिलामै प्राण, हर्छौ र त मन दुख्छ ।

म तिम्रो प्रेममा अमृत रोप्छु,

तिमी विषको विउ छर्छौ र त मन दुख्छ ।

       म तिमीमा न्यानो किरण खोज्छु,

       तिमी चिसो शीतलहर पर्छौ र त मन दुख्छ ।

तिम्रो साथ अनि हात समाउन खोज्छु,

तिमी छड्के नजर तर्छौ र त मन दुख्छ ।

       म तिम्रा मुखारविन्दमा मधुर वाणी खोज्छु,

       तिमी तिखा कटु वचन eर्छौ र त मन दुख्छ ।


औंशीको रात

२०६५।९।२७

औंशीको झैं रात हुँ म पूर्णिमाको जुन पर्दैन

तितो वचन मिठो लाग्छ, बाँसुरीको धुन पर्दैन ।

न छ दिन, न त रात, निद्रा अनि भोक, प्यास,

शितको थोपा भए पुग्छ, भो भो तिम्रो खुन पर्दैन ।

विना गल्ती अपजासका आरोपहरु सहनु छ,

कहिल्यै तिर्न सक्दिन भो, मलाई तिम्रो गुन पर्दैन ।

वसन्त राज पाए देखि पालुवामा फुल्न सक्छु,

वहुमुल्य हिरा, मोती, चाँदी अनि सुन पर्दैन ।  







ljZjf;


ltdLnfO{ cfkm\gf] 7fg]/ uNtL u/]+
cfkm"eGbf w]/} ljZjf; dfg]/ uNtL u/]+ .

of] b'FlgofF o:t} 5 egL hfGbf hfGb}

c? cGhfgdf, Pp6f hfg]/ uNtL u/]+ .
v} s] rfXof}, s] s] 7fGof}, yfx} kfOg,
xhf/ dfem ltldnfO{ 5fg]/ uNtL u/]+ .

dfof, k]|dsf] dfkg eP, gflk lbGy+],

ltdLnfO{ dg, d'6'df afg]/ uNtL u/]+ .
ljZjf;s} e/df c8]sf] ;+;f/df,
cWofF/f]df 9'+uf xfg]/ uNtL u/]+ .
@)^* d+;L/ 

k|sflzt cGt/+u ;fKtflxs  @@ r}t @)^(  
 

Comments

Post a Comment